समाज


तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
माघ २०, २०८१ आइतबार १०:३६, तनहुँ

तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ।  

तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा एचआर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मुग्लिनबाट दमौली जाँदै गरेको बुलेट शनिबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको विहार पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि दमौली अस्पताल लगिएको थियो। उपचारको क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad