समाज


१८ वर्षीया किशोरीको शव खाडलमा गाडेको अवस्थामा भेटियो

चार दिनअघि घाँस काट्न भनेर जंगल गएकी सुचिना घलेको हत्या भएको आशंका
१८ वर्षीया किशोरीको शव खाडलमा गाडेको अवस्थामा भेटियो

नेपालखबर
मंसिर १९, २०८१ बुधबार ५:३८, गोरखा

चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक किशोरीको शव फेला परेको छ।

यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 

जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए। 

प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले जानकारी दिए।

किशोरीको हत्या भएको अनुमान गरिएको छ। 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए। 

घटनास्थलमा जिप्रका गोरखाबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad