समाज


आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने

कुनै पनि मौसमी प्रणाली नहुँदा देशैभरिको मौसम सफा
आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार ६:४९, काठमाडौँ

हाल देशमा मौसम सम्बन्धि कुनै पनि प्रणाली छैन। यतिबेला (बुधबार बिहान) देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

तर, बिहानको समयमा भने तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ। 

त्यसैगरी आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ

कस्तो होला बिहीबार र शुक्रबारको मौसम? 

भोलि (बिहीबार) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यसैगरी आगामी शुक्रबार दिउँसाे पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। शुक्रबार राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उडानमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad