समाज


बन्दीपुरमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण

बन्दीपुरमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण

नेपालखबर
मंसिर ९, २०८१ आइतबार ९:४६, तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ।

स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा गुम्बा निर्माण गरिएको हो। गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए।

दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए। सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ। भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उनले बताए।

गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा उनजस्ता धेरैको खाँचो रहेको उनको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad