समाज


तनहुँमा तीव्र गतिको मोटरसाइकल नालामा खस्दा २२ वर्षका युवकको मृत्यु

क्याम्पसको परिचयपत्रले खुल्यो पहिचान
तनहुँमा तीव्र गतिको मोटरसाइकल नालामा खस्दा २२ वर्षका युवकको मृत्यु

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १०:८, तनहुँ

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षका युवकको मृत्यु भएको छ। 

पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका -५ मा आज बिहान प्रदेश २ को ९९४२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भई हाल तनहुँको व्यास नगरपालिका -२ दमौली बस्ने २२ वर्षीय सुमित साह छन्। उनी व्यास नगरपालिका -१ भादगाउँ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययरत थिए। 

तीव्रगतिको मोटरसाईकल अनियन्त्रित भई नालामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। 

मोटरसाइकल सडकबाट १५ मिटर तल खसेर मृत्यु भएको अवस्थामा साहको शव फेला पारिएको पासवानले बताए। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad