पाल्पाको तिनाउ नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। भारत गोण्डा घर भएका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान नदीमा बेपत्ता भएका हुन्।
तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा नुहाउने क्रममा उनी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आमाबुवासँगै नेपाल घुम्न आएका बालक नदीमा डुबेका हुन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
585
Shares

प्रतिक्रिया