ad ad

राजनीति


ओलीलाई रविले भने- हेक्का रहोस्, उपसभामुख हटाउन खोज्नु आत्मघाती गोल हुनेछ

ओलीलाई रविले भने- हेक्का रहोस्, उपसभामुख हटाउन खोज्नु आत्मघाती गोल हुनेछ

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनी प्रश्न गरेको बताए। 

यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनीसमेत उनले दिए।

‘कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्न सक्ने मतदाताको ३० प्रतिशत मात्रै हो। ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन्, यो हेक्का रहोस्। ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ। उहाँहरूको यो आत्मघाती गोल हुन्छ। आफ्नै पोस्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र?,’ उनले भने।

उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर आफूले सचेत गराएको उनको भनाइ छ। लामिछानेले दुई तिहाइको शक्ति भएको सरकारका प्राथमिकता अरू धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको पनि जानकारी दिए।

‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरू आए। विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के हो? के सोचिरहनुभएको छ? यसको वास्तविकता जान्नु जरुरी थियो। त्यसकारण म उहाँ (प्रधानमन्त्री) सँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ,’ उनले भने, ‘किनभने, दुई तिहाई सरकारका प्राथमिकताहरू धेरै छन्। दुई तिहाइ भनेको शक्ति हो। तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईंहरूले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर सौहार्दपूर्ण रूपमा भनेँ। यो गलत हुन्छ। यदि यस्तै हो भने जे सोचिरहनुभएको छ, अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर बताएँ। उहाँले म छलफलमा छु। नेपाली कांग्रेससँग पनि छलफल गर्छु भन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .