ad ad

समाज


सदरमुकाम नजिकै रहेर पनि ओझेलमा तनहुँको गलेखामकोट

सदरमुकाम नजिकै रहेर पनि ओझेलमा तनहुँको गलेखामकोट

नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:५४, तनहुँ

तनहुँको व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ। समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतस्थान सहजै देख्न सकिन्छ। 

सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ। 

आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन। गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिनुभएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछन्। 

कुनै वेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्धनका लागि स्थानीयवासी जुटेका छन्। गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना रहेको बताउँछन्। यसको विकासका लागि जुटिरहेको उनले बताए।

गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ। 

गलेखामकोटमा नेवार समुदायको बाहुल्य छ। यहाँ १६ लाख ५० हजारको लागतमा भ्यू टावर निर्माण गरिएको छ। यहाँ रहेको कोटभैरव मन्दिरमा दशैँका वेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .