ad ad

समाज


म्याग्दीको बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

म्याग्दीको बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८१ बुधबार १४:४, काठमाडौँ

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीनवटा पुल बगाएको छ।

वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीनवटा पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए।  

अत्यधिक वर्षापछि खोला थुनिएको थियो। झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ। बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्‍याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .