ad ad

समाज


व्यास नगरपालिकाले दियो गुरु पूर्णिमाको बिदा

व्यास नगरपालिकाले दियो गुरु पूर्णिमाको बिदा

नेपालखबर
साउन ६, २०८१ आइतबार ११:११, काठमाडौँ

तनहुँको व्यास नगरपालिकाले गुरु पूर्णिमाको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।  

गुरु पूर्णिमाका अवसरमा पालिकाको कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम छ। 

आज व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चार वेद १८ पुराणका रचयिता भगवान् व्यासको जन्म तनहुँको दमौलीमा भएको विश्वास गरिन्छ। व्यासको नामबाटै यो नगरपालिकाको नाम व्यास राखिएको हो। 

प्रत्येक वर्ष नगरपालिकाले गुरु पूर्णिमामा सार्वजनिक बिदा दिँदै आएको छ। गुरु पूर्णिमाको अवसर पारेर व्यास नगरपालिकाले आइतबार बिहान  सदरमुकाम दमौलीमा प्रभातफेरी कार्यक्रम गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .