ad ad

ग्लोबल


बंगलादेशमा रोकिएन हिंसा, राजधानीमै मारिए थप १० जना

मृतकको संख्या ११० पुग्यो, कर्फ्यु आइतबारसम्म लम्ब्याइयो
बंगलादेशमा रोकिएन हिंसा, राजधानीमै मारिए थप १० जना

नेपालखबर
साउन ६, २०८१ आइतबार ११:११, काठमाडौँ

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा हिंसा रोकिने कुनै संकेत देखिएको छैन।

देशव्यापी कर्फ्युका बाबजुद राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा थप १० जनाको मृत्यु भएको छ।

यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन्। मारिनेमा दुई प्रहरी पनि छन्।

ढाकाको जात्राबारीको रायबागमा ८ तथा मिरपुर र अजिमपुरमा गरी २ जनाको मृत्यु भएको हो। 

शनिबार दिउँसो बीबीसी संवाददाताहरूले ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको देखेको बताएका छन्। 

मंगलबारदेखि जारी हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ।

बंगलादेशी सरकारले शुक्रबार मध्यरातबाट देशभर कर्फ्यु लगाएको छ। योसँगै देशभर सेना परिचालन गरिएको छ।

कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ।

यसबाहेक आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ।

बंगलादेशमा जारी हिंसाका कारण त्यहाँ बस्ने नेपालीलगायत विभिन्न देशका नागरिक पनि प्रभावित भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .