नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन्।
कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट उनका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको नवलपरासीका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस
102
Shares

प्रतिक्रिया