ad ad

समाज


पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

नेपालखबर
असार ६, २०८१ बिहिबार ७:५१, लमजुङ

पहिरोका कारण लमजुङको बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ। 

अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

लमजुङ प्रहरीका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

त्यसैगरी सोही सडकमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ।  

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो। 

यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या दोहोरिँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .