ad ad

समाज


तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति र २ छोरा घाइते

तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति र २ छोरा घाइते

नेपालखबर
मंसिर १७, २०८० आइतबार ६:१५, तनहुँ

ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो। 

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .