समाज


अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

फाइल तस्बिरमा कृष्ण र सपना भण्डारी छोरो र छोरीका साथमा।


नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार २१:२४, काठमाडौँ

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको कार दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। 

डेलिमेलका अनुसार मेलबर्नबाट करिब २०० किलोमिटर पश्चिममा रहेको स्टोनले बाहिर युराम्बिन-स्ट्रिथम रोडमा मंगलबार बिहान ९:३० बजे भएको दुर्घटनामा ४१ वर्षीय कृष्ण भण्डारी, उनका पत्नी ३१ वर्षीया सपना र छोरा ३ वर्षीय रुबेनको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू बितेसँगै ५ वर्षीया छोरी अर्थात् रुबेनकी दिदी एक्लै परेको बताइएको छ। 

माउन्ट विलियम रोडको चौबाटोमा रहेका बेला उनीहरू सवार कार ट्रकसँग ठोकिएको बताइएको छ।

दुर्घटनाका बेला कारमा रहेकी उनीहरूका वृद्ध आमा भने घाइते भएको र अवस्था स्थिर रहेको जिलोङ नेपाली संघका अध्यक्ष निरज करणजितले बताएका छन्। 

यस दुर्घटनाले नेपाली समुदाय गहिरो शोकमा परेको उनले उल्लेख गरेका छन्। 

उनले भनेका छन्, 'संघ गठन भएको १५ देखि १७ वर्षमा यो हाम्रा लागि यो सबैभन्दा खराब घटना हो।'

नेपाली वाणिज्य दूतावासले उनीहरूको मृत्युबारे नेपालमा रहेका आफन्तहरूलाई जानकारी गराएको छ।

दम्पती : कृष्ण भण्डारी र सपना भण्डारी

भण्डारीको परिवार सन् २०१७ मा नेपालबाट अस्ट्रेलिया गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad