समाज


भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या, ५ जना पक्राउ

भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या, ५ जना पक्राउ

भीमफेदी कारागार। फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १८:३४, हेटौँडा

जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका एक कैदीको हत्या भएको छ। पूर्वी नवलपरासीको गैंडाकोटमा धारिलो हतियार प्रहारबाट फरार कैदी नारायण कुमालको हत्या भएको हो। 

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका–४ पदमपुरका २८ वर्षीय नारायण कुमालको हत्या भएको प्रहरीले जनाएको छ। 

स्थानीय युवाहरूको समूहले आक्रमण गरेर फारार कैदी कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिए। 

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ गरिएको छ। मृतक कुमाल जर्बजस्ती करणी मुद्दामा सजाय काट्दै थिए। 

अदालतले उनलाई १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। २०७४ साउन ३ गते पक्राउ परेका उनी २०८४ मा कैद अवधि पूरा गरी मुक्त हुने क्रममा रहेका थिए। 

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारमा भएको तोडफोडपछि कुमाल फरार भएका थिए। कारागार प्रशासनका अनुसार, फरार भएपछि उनलाई स्वेच्छाले फर्कन आग्रह गरिएको थियो तर उनी कारागारको सम्पर्कमा गएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad