पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी र्दिए।
हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
मृतक अन्सारी ना ५ ख ८६६८ नम्बर को ट्रकको धनी रहेका खुलेको छ।
घटनास्थल नजिकै बिग्रिएको ट्रक मर्मतका लागि जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने बसका चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया