समाज


‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा ३४ वर्षीय युवकको मृत्यु

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा ३४ वर्षीय युवकको मृत्यु

‘गोविन्दे’ नाम गरेको जंगली हात्ती


सुनिता विष्ट
फागुन २५, २०८१ आइतबार ७:१५, हेटाैँडा

चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीले आक्रमण गर्दा ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। 

महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले रातिको समयमा आक्रमण गरेको हो। महतोको शव शनिबार बिहान फेला परेको थापाले बताए। 

यसअघि पनि सोही हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो। 

दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन्।

हात्तीको आक्रमणबाट ज्यान गुमाउने घटना दोहोरिन थालेपछि स्थानीयवासीले सुरक्षा उपाय कडा बनाउनुपर्ने माग गरेका छन्। चितवन 
राष्ट्रिय निकुञ्ज प्रशासनले हात्ती नियन्त्रण तथा स्थानीय सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएको छ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आतङ्क बढ्दै गएको छ।  निकुञ्ज प्रशासनले गोविन्दे हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad