ad ad

समाज


काठमाडौँ जाँदै गरेको माइक्रोमाथि रुख बजारिँदा ७ जना घाइते

काठमाडौँ जाँदै गरेको माइक्रोमाथि रुख बजारिँदा ७ जना घाइते

गुडिरहेको माइक्रोमाथि रुख बजारिँदा ७ यात्रु घाइते भएका छन्


नेपालखबर
साउन २१, २०८१ सोमबार १०:२७, हेटौँडा

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन्।  

गजुरी–५ जरेखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएका हुन्। 

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो। धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको हो।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये ७ जना घाइते भएका हुन्। 

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .