ad ad

समाज


मोटरसाइकल खोलामा खस्दा भारतीय नागरिकको मृत्यु, अर्का घाइते

मोटरसाइकल खोलामा खस्दा भारतीय नागरिकको मृत्यु, अर्का घाइते

नेपालखबर
साउन २१, २०८१ सोमबार १०:४८, काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।  

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम) मा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .