ad ad

समाज


चोरेको मोटरसाइकल डोहोर्‍याएर हिँडिरहेको अवस्थामा बनेपाबाट ३६ वर्षीय युवक पक्राउ

चोरेको मोटरसाइकल डोहोर्‍याएर हिँडिरहेको अवस्थामा बनेपाबाट ३६ वर्षीय युवक पक्राउ

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १३:५८, काठमाडौँ

प्रहरीले काभ्रेबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

चोरेको मोटरसाइकल डोहोर्‍याएर हिँडिरहेको अवस्थामा बुधबार बनेपा-७ बाट इलाका प्रहरी कार्यालय बनेपाको टोलीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका-१ का ३६ वर्षीय गर्जन दियाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

‘बनेपा ७ स्थित बनेपा पनौती सडक खण्डमा बिना हेल्मेट बा.४६ प.३३६ नम्बको पल्सर मोटरसाइकल डोहोर्‍याएर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘अनुसन्धानको क्रममा उनले उक्त मोटरसाइकल बनेपाकै धनेश्वर मन्दिर परिसरबाट चोरी गरी ल्याएको खुलेको छ।’ 

उनलाई काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .