ad ad

कारोबार


बैंक खाता रोक्का वा फुकुवा गर्न अनलाइन प्रणाली ल्याउँदै राष्ट्र बैंक

बैंक खाता रोक्का वा फुकुवा गर्न अनलाइन प्रणाली ल्याउँदै राष्ट्र बैंक

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १४:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का वा फुकुवाका लागि स्वचालित प्रणाली विकास गर्ने भएको छ। 

अहिले राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार गरेको छ। 

यससम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदशीृ र व्यवस्थित गर्न विनियमावली ल्याउने तयारी गरेको केन्द्रीय बैंकले इमेलमार्फत आवश्यक राय/सुझाव १५ दिनभित्र उपलब्ध गराउन भनेको छ। 

यसका लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा २ को खण्ड (ण)अनुसार विनियमावली ल्याउन लागिएको छ। 

सोही विनियमावलीमा राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाइन प्रणाली विकास गरी सो सम्बन्मा आवश्यक निर्देशन जारी गर्न सक्ने उल्लेख छ। 

त्यस्तै राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्था तथा प्रचलित कानुनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणालीमार्फत खाता रोक्कावा फुकुवाको निवेदन दिन सक्ने मस्यौदामा उल्लेख छ। 

पढ्नुहोस् मस्यौदा 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .