ad ad

समाज


काभ्रेमा रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा फेला परेको शवको सनाखत

काभ्रेमा रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा फेला परेको शवको सनाखत

नेपालखबर
जेठ २, २०८१ बुधबार ५:४१, काठमाडौँ

एक साताअघि काभ्रेको पाँचखालको जंगलमा रुखमा तारले बाँधेर आगो लगाइ हत्या गरेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

गएको शुक्रबार पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा जंगलमा हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। 

अनुसन्धानका क्रममा सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए। मृतक दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ विष्णुप्रसाद सुवेदी हुन्। उनका आफन्तले आएर उनको सनाखत गरेका श्रेष्ठले बताए। 

गएको वैशाख २३ गते बिहान उनी ललितपुरको माहालक्ष्मी नगरपालिका ५ टिकाथललीस्थित घरबाट हिँडेपछि सम्पर्कविहीन दिए।  

आफन्तले धेरैतिर खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजतलासको लागि निवेदन दिएका थिए। 

मृतकका छोरा सुमन सुवेदीले शवको सनाखत गरेका हुन्। मृतक सुवेदीका माथिल्लो भागमा ३ वटा र तल्लो भागको दाँया पट्टि ४ वटा र बाँया पट्टि ५ वटा मात्रै दाँत थिए। सोही आधारमा सुमनले मृतक आफ्नो बुवा हुन् भनेर सनाखत गरेका प्रहरीले जनाएको छ। 

मुख र छातीमा फलामको तारले रुखमा बाँधेर जलाएर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। सडिसकेको शव चिन्न सक्ने अवस्थामा नहुँदा सनाखतमा समस्या भएको थियो।

उनको हत्या कसले र किन गर्यो खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको बताएको छ। मृतकका छोरा सुमनले शव बुझेर लगेका डीएसपी श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .