दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
बबई गाउँपालिका-७, ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकै घरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार, मृत्यु हुनेमा १८ वर्षका दीपक परियार र १६ वर्षका दीपेश परियार छन्।
नदीमा डुबेर बेहोस भएका उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारका क्रममा तुलसीपुर अस्पतालमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू बुवाआमासँगै ओदालेमा रहेको फुपूको घरमा गएका थिए। उनीहरू कामको सिलसिलामा भारतमा बस्दै आएका थिए।
शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।
15
Shares

प्रतिक्रिया