ad ad

समाज


टिपर तामाकोसीमा खस्दा चालकको मृत्यु, अर्का युवक घाइते

टिपर तामाकोसीमा खस्दा चालकको मृत्यु, अर्का युवक घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८१ सोमबार १०:५९, रामेछाप

रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन्। उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ। 

बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .