समाज


कालीबहादुर खामलाई चितवन लगियो

कालीबहादुर खामलाई चितवन लगियो

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार ११:५७, काठमाडौँ

काठमाडौँको ठमेलबाट पक्राउ परेका तत्कालीन माओवादीकाे जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूर्वी रुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाममगरलाई जिल्ला प्रहरी परिसर काठमाडाैँको प्रहरी टोलीले मङ्गलबार साँझ पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खाममगरसहितविरुद्ध काठमाडौँ कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ। 

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .