ad ad

समाज


काभ्रेको रोशीमा कार र ट्याक्सी ठोक्किँदा १० जना घाइते

काभ्रेको रोशीमा कार र ट्याक्सी ठोक्किँदा १० जना घाइते

नेपालखबर
माघ २, २०८० मंगलबार १०:४२, काठमाडौँ

काभ्रेको रोशीमा कार र ट्याक्सी आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। 

सोमबार साँझ रोशी गाउँपालिका- ८ स्थित बीपी राजमार्गमा काठमाडौँबाट मंगलटारतर्फ जाँदै गरेको बीएबी २९२५ नम्बरको कारलाई सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

दुर्घटनामा कारमा सबार चार र ट्याक्सीमा सबार ६ गरी १० जना घाइते भएका छन्। 

उनीहरुमध्ये दुई जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बाँकी ८ जना घाइते उपचारपछि घर फर्किएका प्रहरीले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .