मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
स्थानीय ३७ वर्षीइ सोमबहादुर नेसुरले आफ्नो घरमा अबैध भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले नेसुरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीलाई प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको टोलीले उनको घरबाट भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।
सोम बहादुरको ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको भुँईतले घरको चोटाबाट भरुवा बन्दुक २ थान र त्यसमा लाग्ने बारुद र छर्रा फेला पारेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
यसअघि पनि मकवानपुर प्रहरीले हेटौंडा ४ हुप्राचौरको एउटा कोठाबाट एक थान पेस्तोल र २० वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको थियो।
24
Shares
प्रतिक्रिया