ad ad

समाज


अनेरास्ववियुको बागमती अध्यक्षमा लालबहादुर बुढाथोकी चयन

अनेरास्ववियुको बागमती अध्यक्षमा लालबहादुर बुढाथोकी चयन

नेपालखबर
मंसिर १०, २०८० आइतबार १०:०, हेटौँडा

अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा लालबहादुर बुढाथोकी (एलबी) चयन भएका छन्। 

कमिटीको प्रथम अधिवेशसनबाट बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएका हुन्।

अनेरास्ववियुको शनिबार हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटीका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो। 

कमिटीको उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन भएका छन्। 

यसैगरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .