ad ad

समाज


ठुलाे परिमाणमा लागु औषधसहित दुई जना पक्राउ

ठुलाे परिमाणमा लागु औषधसहित दुई जना पक्राउ

नेपालखबर
असोज २७, २०७६ सोमबार ११:२५,

प्रहरीले माेरङबाट ठुलाे परिमाणमा लागु औषधसिहत एक ब्यक्तिलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सुनसरीकाे ईटहरी उपमहानगरपालिका वडा नं. २ पशुपति चोक बस्ने बर्ष २० को असिम श्रेष्ठ र मेडिकल सञ्चालक मोरङकाे सुन्दरहरैचा वडा नं. ४ बस्ने बर्ष २६ को नरेश यादव रहेका छन्।

सुन्दर हरैचा नगरपालिका वडा नं. १० र १२ स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले साथमा बोकी ल्याएको कालो रंगको साईड ब्यागमा लागु औषधहरू फेला परेको प्रहरीले जनाएकाे छ। साथै उक्त लागु औषधि बिक्री बितरण हुने गरेको मेडिकल सञ्चालक यादवलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको हाे।

असिम श्रेष्ठको साथबाट प्रहरीले स्पास्पेन ट्याव्लेट १६७० पिस, सेटाडाेल ट्याव्लेट १६२० पिस, रिमाेडाेल ट्याव्लेट-50 ६ पिस, हुवाए कम्पनीको मोबइल १ थान र को १३ प १२७६ नं. को आपाची मोटर साईकल  बरामद गरेकाे छ।

यस्तै तिरूपती मेडिकलबाट डायलेक्स डीसी लेखिएको खाली बोतल २ थान, स्पासपेन लेखिएको सेतो पत्तामा जम्मा २१९ पिस ट्यावलेट र स्पास्माे लेखिएको १९ पिस ट्याबलेट बरामद गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .