ad ad

समाज


‘गोलभेडाले पुरुषको प्रजनन् क्षमतामा सुधार ल्याउँछ’

‘गोलभेडाले पुरुषको प्रजनन् क्षमतामा सुधार ल्याउँछ’

नेपालखबर
असोज २७, २०७६ सोमबार ११:१८,

गोलभेडामा पाइने ‘लाइकपीन’ नामक पोषक तत्त्वले पुरुषमा शुक्रकीटको गुण बढाउने अनुसन्धानले देखाएको हो।

प्रत्येक दिन गोलभेडाको दुई चम्चा गाढा लेदो सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ।

 यूनिभर्सिटी अफशेफील्डसँग आबद्ध पोषणविद् डा. लिज विलीअम्जको नेतृत्वमा भएको शोध युरोपियन जर्नल अफ न्यूट्रिशनमा प्रकाशित भएको छ।

उनले भनिन्,‘यो सानो अध्ययन हो र हामीले यो ठूलाठूला परीक्षण गर्नुपर्छ। तर परिणाम धेरै उत्साहप्रद छ।’

Image result for tomato sauce

सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ। विज्ञहरूले पुरुषमा हुने बाँझोपनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका छन्।

बाह्र हप्ता चलेको परीक्षणमा ६० जना सहभागी भएका थिए। प्रत्येक पुरुषलाई प्रत्येक दिन १४–१४ मिलिग्राम ल्याक्टोलाइकपीन दिइएको थियो।

यो अध्ययन लाइकपीन उत्पादन गर्ने कम्पनीले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको थियो। उनीहरूको शुक्रकीट अध्ययनको प्रारम्भमा, छ हप्तामा र अन्तिममा जाँचिएको थियो।

शुक्रकीटको परिमाणमा भिन्नता नभए पनि अतिरिक्त लाइकपीन सेवन गरेका व्यक्तिमा स्वस्थ शुक्रकीट र तिनको गतिशीलताको अनुपात बढेको पाइयो। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .