आज कोजाग्रत पूर्णिमा। यस वर्षको दसैँ पर्व आजैदेखि समापन हुँदैछ।
कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गर्ने धार्मिक चलन छ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ।
दसैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढाटाढा भएका आफन्त र मान्यजनको हातबाट टिका र आशिर्वाद थाप्ने क्रम कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ।
यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्ति हुने विश्वाससहित आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसी पूजा गर्ने चलन छ।

प्रतिक्रिया