दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाली कांग्रेसले आज (आइतबार) चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ।
जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई विसं २०३३ मा स्वदेश फर्केपछि २०३४ सालदेखि कांग्रेसले हरेक वर्ष वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह गर्ने गरेको छ।
सोही क्रममा कांग्रेसले यस वर्ष पनि आज दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो।
साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेसले जनाएको छ।
Shares

प्रतिक्रिया