ad ad

समाज


केही दिनमै नेपालबाट मनसुन बाहिरिने

केही दिनमै नेपालबाट मनसुन बाहिरिने

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ३:२२,

नेपालमा मनसुनी गतिविधि निस्क्रिय हुँदै गएको छ।

मनसुनी गतिविधि निस्क्रिय हुँदै गएकाले मौसम सफा हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले नेपालबाट मनसुन बिदा हुने तयारीमा रहेको बताइन्।

‘अबको दुईचार दिनमा मनसुन नेपालबाट बिदा हुने अनुमान हामीले गरेका छौँ,’ मानन्धरले नेपालखबरसँग भनिन्, ‘मनसुनी गतिविधि कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने सम्भावना छैन। तर, कतैकतै, फाट्टफुट्ट सामान्य वर्षा भने हुन सक्छ।’

नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर, यस वर्ष झण्डै तीन साता मनसुन लम्बिएको छ।

हाल बंगलादेश तथा आसपासका क्षेत्रमा मनसुनको न्यून चापिय प्रणाली रहेको छ।

हाल देशको पहाडी भूभागमा आंशिक वदलि र तराईका भुभागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .