ad ad

समाज


टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

नेपालखबर
असोज २३, २०७६ बिहिबार ७:४९,

टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको एएफपीले जनाएको छ। टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको हो। अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ।

राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्वीटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो। यस आक्रमणको कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्।

बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए। बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो।

ब्रिटिश विदेशमन्त्रीले टर्कीले गरेको यस हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। यस हमलाबाट सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टिने जोखिम उत्पन्न भएको उनले बताए।

बुधबार साँझमा स्थल आक्रमण शुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .