समाज


ढुंगामा उभिएर फोटो खिच्दा खोलामा खसिन् युवती

ढुंगामा उभिएर फोटो खिच्दा खोलामा खसिन् युवती

नेपालखबर
असोज २०, २०७६ सोमबार ४:३९,

बागलुङमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

बागलुङ जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको तमानखोला गाउँपालिका-४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी सिर्पाली आइतबार बडिगाड खोलामा खसेर बेपत्ता भएकी हुन्।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करिब ३० मिटर तल खोलाको ठूलो ढुंगामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन्। खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए। आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको बुर्तिबाङस्थित इलाका प्रहरी कार्यलयले जनाएको छ।

खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए। 

सिर्पालीलाई खसेको ठाउँबाट करिब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .