समाज


दसैं : आज महाअष्टमी, कति प्रकारका हुन्छन् बलि?

दसैं : आज महाअष्टमी, कति प्रकारका हुन्छन् बलि?

नेपालखबर
असोज १९, २०७६ आइतबार १:१२,

दसैंको आठौं दिन आज (आइतबार) महाअष्टमी, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै छ।

दसैंघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व छ।

पशुबली नचढाउनेहरूले भने अष्टमीका दिन पूजाकोठामा आआफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्छन्।

आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पशु बलिसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि घुइँचो लाग्छ।

यसैगरी गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठहरूमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग् ।

यस्तै आज महाअष्टमीका दिन मेसिन, गाडी, हातहतियार विशेष रूपमा सरसफाइ गरी पूजाआजा गर्ने चलन छ।

तीन प्रकारका बलि
देवी मन्दिर एवं शक्तिपीठहरुमा पशु बलि दिइन्छ र खासमा बलि शब्दले प्राणीको बलि चढाउनुलाई बुझिन्छ। तर वास्तवमा बलि तीन प्रकारका हुन्छन्। ती हुन्( सात्विक, राजस र तामस बलि ।

चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायस लगायत १६ सामग्रीले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ। यसलाई षोडेषोपचार पूजा पनि भनिन्छ।

पशु तथा पक्षीको रगत, मासु चढाएर देवीदेउतालाई सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ। यसमा सात्विक पूजाका साथै पशुबलि अर्थात् रगत चढाउनु अनिवार्य मानिन्छ ।

सात्विक र राजस दुवै विधिसहित मदिरासमेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad