खेल


तार्कुकोट खुला दौड प्रतियोगितामा पौडेल प्रथम

तार्कुकोट खुला दौड प्रतियोगितामा पौडेल प्रथम

नेपालखबर
असोज १८, २०७६ शनिबार १६:२,

ऐतिहासिक लमजुङ तार्ककोट पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको प्रथम ‘तार्कुकोट खुला दौड प्रतियोगिता’ मा मधुसुदन पौडेल प्रथम भएका छन्।

आज दशैँको अवसरमा सुन्दरबजार नगरपालिका–८ वडा कार्यालय, सिर्जनशील सामुदायिक सिकाइ केन्द्र र भोटेओडार युथ सोसाइटीको संयुक्त आयोजनामा भएको दौड प्रतियोगितामा श्रीजङ्ग गणका पौडेल प्रथम भएका हुन्।

सुन्दरबजार नगरपालिका–८ डिडिसी खेल मैदानबाट शुरु भई घोक्रेस्वाँरा मोटरबाटो, चण्डीस्थान मन्दिर हुँदै तार्कुकोटसम्म करीब आठ किलोमिटरसम्म दौड प्रतियोगिता भएको थियो। सिन्धुपाल्चोक घर भएका श्रीजङ्गणका पौडेलले सो दूरी ४० मिनेट ५ सेकेण्डमा पूरा गर्नुभएको थियो। सोही गणका दोर्जे तामाङले ४० मिनेट १० सेकेण्डमा सो दूरी पार गरी दोस्रो भए भने लमजुङ सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेका राजन विकले ४० मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तृतीय भएका छन्। यसैगरी प्रतियोगितामा लमजुङ भोटेओडार, बालुनेका राजेन्द्र गैरे र डुँड्कुलाका राजेश कार्की सान्त्वना भएका छन्।

प्रतियागितामा क्रमशः प्रथम हुनेले रु पाँच हजार, द्वितीय हुनेले रु तीन हजार, तृतीयले रु दुई हजार, सान्त्वना हुने दुई जनालाई जनही रु एक÷एक हजार तथा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ। विजयीहरुलाई सो नगरपालिका–८ का वडाध्यक्ष कृष्णकान्त अधिकारीले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा २७ जनाको सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad