काभ्रे र सिन्धुलीको सिमानाको नेपालथोक भन्ने स्थानमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै ५ जना घाइते बनेका छन्।
शनिबार काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा२ख २३५९ नम्बरको मिनी बस नेपालथोकमा दुर्घटनामा परेको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते बनेका छन्।
२८ जना सवार सो बसका अन्य यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वजानकारी दिएको छ।
मृतकहरुको सनाखत भएको छैन भने घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिप्रका सिन्धुलीले जनाएको छ।
तीव्र गतिका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया