समाज


चाडपर्वका दिन मदिरा बिक्रीवितरणमा रोक

चाडपर्वका दिन मदिरा बिक्रीवितरणमा रोक

नेपालखबर
असोज १८, २०७६ शनिबार ११:९,

चाडपर्वलाई लक्ष्य गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ। दशैँमा र तिहारमा दुईदुई दिन मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधि निरुत्साहन गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकार भएका निकायसितको समन्वयमा उक्त निर्णय गरिएको उनले बताए। दशैँमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएकोसमेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले भने ‘होटेल व्यवसायी र मदिरा व्यवसायीसँग चाडबाडमा मदिरा बिक्रिबितरण बन्द गर्ने सहमति भएको छ, सोहीअनुसार सबैले नियम पालना गर्नुपर्ने छ।’

यसअघि पनि स्थानीय प्रशासनले चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउँदै आएको थियो। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी स‌ंघ, उद्योग वाणिज्य स‌ंघका प्रतिनिधि सहभागी थिए। यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा यहाँका बजार क्षेत्रमा स्थानीय तहसहितले बजार अनुगमन गरिरहेका छन्। यस्तै सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad