भारत र पाकिस्तानबीच परमाणु युद्ध भएको खण्डमा १२ करोडभन्दा बढी मानिसले ज्यान गुमाउने अमेरिकाको एक अध्ययनले देखाएको छ।
साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययनमा भारत र पाकिस्तानबीचको युद्धले साढे १२ करोड मानिसको ज्यान जाने बताएको हो।
उक्त अध्ययनका एक अनुसन्धानकर्ता ऐलन रोबोकले भने,‘परमाणु युद्धले दुई देशलाई मात्र नभएर पुरा विश्वलाई प्रभावित गर्नेछ।’
परमाणु युद्धले जलवायु परिवर्तनको समस्यालाई झनै खतरनाक बनाउने अध्ययले देखाएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया