समाज


पाँच जनाद्वारा एक युवतीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

पाँच जनाद्वारा एक युवतीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

नेपालखबर
असोज १५, २०७६ बुधबार ३:५४,

एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा इटहरीबाट तीन जना पक्राउ परेका छन्।

मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनामा संलग्न भएका अन्य दुई फरार छन्।

पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ।

धरानबाट को१ख ४६२६ नम्बरको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटना स्थलमा पुगेको थियो।

घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गुण्डागर्दी गर्ने पाँच पक्राउ
सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाइबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकैका सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताए।

उनीहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad