सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई जनही तीन लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आक्रमणमा परेका दुई किशोरीलाई जनही तीन लाख निर्णय भएको जानकारी दिए।
असोज ७ गतेको मन्त्रिपरिषद् बैठक उनीहरुलाई उपचार खर्च दिने निर्णय गरेको हो।
सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च र जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ दिने निर्णय भएको छ।
प्रतिक्रिया