ad ad

समाज


धनुषामा करेन्ट लागेर होटल सञ्चालकका बुढाबुढीसहित तीनको मृत्यु

धनुषामा करेन्ट लागेर होटल सञ्चालकका बुढाबुढीसहित तीनको मृत्यु

नेपालखबर
असोज ८, २०७६ बुधबार ७:१८,

धनुषामा करेन्ट लागेर बुढाबुढीसहित तीनको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलका सञ्चालकका बुढाबुढी र होटलमा काम गर्ने महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एक जना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

बिहान अबेरसम्म कोही नउठेपछि स्थानीयले हेर्दा तीनै जना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन्। घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो।

अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .