ad ad

कारोबार


वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको प्यानलै विजयी

वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको प्यानलै विजयी

नेपालखबर
असोज ८, २०७६ बुधबार ७:११,

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेपाली कांग्रेस निकट व्यवसायी विष्णु गैरे अध्यक्षमा निर्वाचित भएका छन्। सरकारमा रहेका नेकपा, समाजवादी पार्टी नेपालनिकट व्यवसायीहरुको समूहलाई पराजित गर्दै कांग्रेसनिकट सबै उम्मेदवारहरुले विजयी भएका हुन्।

बुधबार बिहान सकिएको मत गणनामा कांग्रेसनिटक गैरेले सत्तारुढ दल निकट गठबन्धनका उम्मेदवार सरोज पोखरेललाई ४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि संघको नेतृत्व पाएका छन्। १७ सदस्यीय कार्यसमितिका पदाधिकारी जम्मै पदमा कांग्रेस प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचनमा गैरेले ३ सय ३० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले २ सय ८३ मत मात्रै प्राप्त गरे। निर्वाचनमा कुल ६ सय १९ मत खसेको थियो। संघको पूर्वउपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष पनि हुन्।

प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङले ३सय ८१ मत प्राप्त गर्दै विजयी भए। उनको प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेले २ सय ३० मत ल्याएका थिए। द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल विजयी भएका थिए। मल्लले ३सय २२ मत ल्याउँदा उनको निकटम प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २ सय ८७ मत ल्याएका थिए।

यसैगरी तृतीय उपाध्यक्षमा किशोर कुमार केसी निर्वाचित भएका छन्। किशोरले ३ सय ६० मत प्राप्त गर्दा उनको निकटम प्रतिद्वन्द्वी अख्तर हुसेनले २ सय ४४ मत ल्याएका थिए। महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निर्वाचित भए। उनले ३ सय ८८ मत ल्याउँदा नेकपा प्यानलका उम्मेदवार रामचन्द्र गिरिले २सय २३ मत प्राप्त गरे।

सचिवमा मेघनाथ भुर्तेल विजयी भएका छन्। भुर्तेलले ३ सय ३३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्जु गुरुङले २सय ७३ मत ल्याए। कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भइन्। उनले ३ सय ६७ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी तेजुमाया लिम्बूले २३८ मत प्राप्त गरिन्।

सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .