ad ad

समाज


चितवनको कार्टुन कारखानामा ८ घण्टादेखि आगलागी, निभाउने प्रयास जारी

चितवनको कार्टुन कारखानामा ८ घण्टादेखि आगलागी, निभाउने प्रयास जारी

नेपालखबर
असोज ७, २०७६ मंगलबार ५:२१,

चितवनको भरतपुर महानगरपालिका-४ नारायणगढ बाह्रघरेस्थित युनाइटेड प्याकेजिङ प्रालिमा ८ घण्टादेखि भइरहेको आगलागी अझै निभाउन सकिएको छैन।

चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले कार्टुन उत्पादन गर्ने उक्त कारखानामा बिहान ३ बजेदेखि आगलागी भइेरहेको नेपालखबरलाई जानकारी दिए। निभाउने प्रयास जारी रहेकाे तर अझै नियन्त्रणमा आउन नसकेकाे उनले बताए। 

याे खबर बनाउँदा बिहान ११ बजेसम्म आगाे नियन्त्रमा आएकाे छैन। 

मंगलबार सबेरै परेको लगातारको चट्याङपछि कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन्। कारखानाका सञ्चालक भद्रनारायण पियाले चट्याङकै कारण आगलागी भएको अनुमान गरेका छन्। 

आगोले उत्पादन भएका कार्टुन र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट भएका छन्। आगलागीको क्षतिको अनुमान तत्काल गर्न असम्भव देखिएको छ। आगोको ज्वाला नियन्त्रणमा आएको छ तर कागजको थुप्रोमा लागेको सबै खाले आगो निभाउन अझै नसकिएको प्रहरीले जनाएकाे छ। 

भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक/एकवटा दमकल तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी अागाे नियन्त्रणमा खटिएका छन्।

कारखाना नजिकै बस्तीका घरहरु छन्।तर समयमै दमकल र उद्धारकहरु आएका कारण बचेकाे स्थानीयले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .