त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएकाे प्रहरीले एक यात्रुकाे हराएकाे एक हजार पाउन्ड स्टर्लिङ फेला पारेकाे छ।
साेमबार अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको फ्लाइट नं. क्यूआर ६५३ द्वारा काठमाडाैंबाट लण्डन जान लागेका यात्रु श्रीबाबु भट्टराईको साे रकमसहितको कालो रंगको व्याग हराएकोमा सीसी क्यामेरामार्फत प्रहरीले फेला पारेकाे हाे।
साे व्याग सम्बन्धित यात्रु प्रस्थान भइसकेले विमानस्थलकाे टर्मिनल ड्यूटी अधिकृत कक्षमा वुझाइएको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया