वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा सजाय तोकिएर फरार एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० की विमला थापा रहेकी छन्। थापालाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४ असार २६ गतेको फैसलाले एक लाख ५० हजार जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको थियो।
उक्त सजाय वेरुजु रही फरार रहेकी थापालाई सीआईबीले आइतबार काठमाडौंको बानेश्वर थापागाउँबाट पक्राऊ गरी आज काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाएको छ।

प्रतिक्रिया