समाज


इलाम कारागारमा एकैपटक परे १५७ कैदी बिरामी

इलाम कारागारमा एकैपटक परे १५७ कैदी बिरामी

नेपालखबर
असोज ६, २०७६ सोमबार ५:३,

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। एकअर्कामा संक्रमण सर्दै जाँदा प्रायः सबै कैदी बिरामी परेका हुन्।

उनीहरूलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए।

‘एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ।’

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो।

‘शनिबार ७८ मात्र बिरामी थिए। आइतबार बढेर १ सय ५७ जना पुगे,’ श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ।’

कारागारमा हाल २६० कैदी छन्। जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेकामा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन्। कारागारमा ११ कर्मचारीको दरबन्दी छ। कार्यालयमा ४ जना मात्र कार्यालय सहयोगी रहेकाले अपुग भएको श्रेष्ठ बताउँछन्।

‘कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ,’ उनले भने, ‘२४सै घण्टाजस्तो ड्युटी पर्छ। यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .