करार अबधिमा नै सेवासुविधा नपाएर नेपाल फर्काइएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले एक करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ।
नेपालबाट श्रम स्वीकृती लिएर गएका श्रमिकलाई करार अबधिमै बिना सेवासुविधा स्वदेश फर्काएपछि नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि टर्कीको रोजगारदाताले क्षतिपूर्ति दिएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
नेपाल सरकारले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित देशसँग लगातारको सम्पर्कपछि बिनातलव फर्किएका नेपाली युवको लगभग ९८ लाख रुपैयाँ पारिश्रमिक फिर्ता गरिएको हो।

प्रतिक्रिया